२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष आयोग जाने तयारीमा

अ+ अ-

काठमाडौँ । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ ।

यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अद्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए ।

यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । साथै भट्टराईसहित केन्द्रीय कार्यकारिणी समितिका नौ जना नेताहरूलाई यादव पक्षले पदमुक्त गरेको थियो । सोही विवरण अद्यावधिक गर्न यादव पक्ष निर्वाचन आयोग जाने तयारीमा छ ।

राजनीतिक रूपमा विभाजित भइसकेको जसपा निर्वाचन आयोगमा पुगे कानुनी रूपमा पनि औपचारिक विभाजनको प्रक्रिया सुरु हुनेछ । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । यादव पक्षले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमतले कारबाहीको निर्णय गरेको जनाएको छ ।

तर भट्टराई पक्षले भने स्वेच्छाचारी, अराजनीतिक र अनैतिक रूपमा पदमुक्तको निर्णय गरिएको भन्दै पार्टी पुनर्गठनका लागि देशव्यापी अभियान चलाउने जनाएको छ ।