हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

हेलिकप्टर दुर्घटना हुँदा १४ सैनिकको मृत्यु


३२ असार २०७९, शनिबार


काठमाडौँ । मेक्सिकोमा हेलिकप्टर दुर्घटना  हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो । 

लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा मारिएका  मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एक जना भने बाँच्न सफल भएको छन् । 

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एक दिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको  सुरक्षा गरिरहेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । 

दुर्घटनाको कारण अज्ञात छ । कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ । 

राफेललाई  संयुक्त राज्य अमेरिकाले आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले निजलाई अमेरिका समक्ष सुपुर्दगी गर्नुपर्ने माग गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस