प्रचण्डको भारत भ्रमण : यस्तो छ आजको कार्यसूची « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रचण्डको भारत भ्रमण : यस्तो छ आजको कार्यसूची


३२ असार २०७९, शनिबार


काठमाडौँ । भारत भ्रमणको क्रममा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।  भारतीय जनता पार्टीको निमन्त्रणामा हिजो प्रचण्ड भारत प्रस्थान गरेका थिए । 

आज प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् । प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रचण्डले भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस