न्याय परिषद्को बैठक : न्यायाधीश बर्खास्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

न्याय परिषद्को बैठक : न्यायाधीश बर्खास्त


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

उता जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई परिषद् बैठकले पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ ।

त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत गराउने परिषद्ले निर्णय गरेको छ ।

अन्सारी र शाह खराब आचरण र कार्यक्षमताको अभावमा बर्खास्त गर्नका लागि सिफारिस भएका हुन् भने उप्रेतीलाई कार्यक्षमताको अभावमा सचेत गराइएको हो । परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उनीहरूलाई बर्खास्त गर्ने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस