६३ रोपनी जग्गा भाडामा दिने विवादास्पद सम्झौता खारेज, निवर्तमान मेयर र कर्मचारीको मिलेमतो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

६३ रोपनी जग्गा भाडामा दिने विवादास्पद सम्झौता खारेज, निवर्तमान मेयर र कर्मचारीको मिलेमतो


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । पोखरा उपत्यका नगर विकास समितिले करिब ६३ रोपनी जग्गा भाडामा लगाउने सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

तत्कालीन मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिनअघि आफ्नो नातेदारलाई जग्गा ठेक्कामा दिने सम्झौता गरेका थिए । जग्गा भाडा प्रकरणबारे छानबिन गर्न गठित समितिले निवर्तमान मेयर र कर्मचारीको मिलेमतोमा गैरकानुनी रूपमा सम्झौता भएको प्रतिवेदन बुझाएको छ ।

नगर विकास समितिको शुक्रबार बसेको बैठकले समितिको प्रतिवेदनका आधारमा भाडा सम्झौता खारेज गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं मेयर धनराज आचार्यले जानकारी दिए । 

बाँकी कानुनी प्रक्रियाका लागि अख्तियार दुरुपयोग आयोग र नेपाल प्रहरीलाई लेखेर पठाउने निर्णय भएको छ ।

मेयर आचार्यका अनुसार छानबिनका क्रममा पेस गरिएको कागजातमा पनि केरमेट, थपघट गरिएको देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस