दोस्रो प्रयासमा उपसभामुख बनिन् पुष्पा भुसाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दोस्रो प्रयासमा उपसभामुख बनिन् पुष्पा भुसाल


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

२०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् ।

तर, शुक्रबारसम्म आइपुग्दा नेपालको राजनीतिक दलहरूको अवस्था, दलीय समीकरण र सरकार फेरियो । भुसाल उपसभामुखमा १४८ मत ल्याएर विजयी हुँदा एमालेका तर्फबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईले ९३ मत प्राप्त गरिन् ।

यसपटक पनि एमाले आफ्नै उम्मेदवार उठायो । तर, एमालेका उम्मेदवार सांसद विद्या भट्टराई पराजित भइन । १४८ मत ल्याएर भुसाल विजयी हुँदा भट्टराईले ९३ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस