सरकारको एक वर्ष समयको बर्बादी मात्र : एमाले « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सरकारको एक वर्ष समयको बर्बादी मात्र : एमाले


३१ असार २०७९, शुक्रबार


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम, बजेट, संसदमा प्रधानमन्त्रीले गरेको सम्बोधन र नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनलाई हेर्दा यो सरकारले एक वर्ष समयको बर्बादी मात्र गरेको छ ।’

संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको एमालेको निष्कर्ष छ ।

‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न समेत सकेको छैन,’ एमाले सचिव योगेश भट्टराईले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस