विश्व बैङ्कद्वारा थप साढे १२ अर्ब ऋण स्वीकृत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्व बैङ्कद्वारा थप साढे १२ अर्ब ऋण स्वीकृत


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । विश्व बैङ्कले नेपालका लागि थप १०० मिलियन डलर अर्थात् साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

विश्व बैङ्कले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर न्यूनीकरण र समावेशी विकासका प्रमुख सुधारका लागि भन्दै सो ऋण रकम स्वीकृत गरेको हो ।

विश्व बैङ्क कार्यकारी निर्देशक बोर्डले १०० मिलियन डलरको विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको जानकारी गराएको छ ।

‘कोभिड १९ महामारीको अवस्थामा विश्व बैङ्कले हरियाली, थप समावेशी र लचिलो विकास नीतिलाई अगाडि बढाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ’ विश्व बैङ्कका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्का मामिला निर्देशक फारिस हदाद जेर्भोसले भने ।

यस परियोजनामार्फत पानी, भूमि प्रयोग, कृषि, वन, सहर प्रदुषणजस्ताा क्षेत्रहरूमा सरकारको नीतिलाई समर्थन गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस