२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् आपूर्ति नहुँदा उदयपुर सिमेन्ट उद्योग बन्द

अ+ अ-

उदयपुर । देशकै सबैभन्दा ठुलो र सरकारी स्वामित्वमा रहेको उदपुर जिल्लाको जलजलेमा स्थापित उदयपुर सिमेन्ट उद्योग दुई हप्तादेखि विद्युत् आपूर्तिमा समस्या भएपछि बन्द हुन पुगेको छ ।

उद्योग प्रशासनका अनुसार सिरहाको लाहानबाट उद्योगमा आपूर्ति हुँदै आएको विद्युत् असार ९ गतेदेखि ट्रान्सफर्मरमा चट्याङ लागेर सिरहा गाईघाट प्रसारण सेवा बन्द भएकाले सिमेन्ट उद्योग पनि बन्द हुन पुगेको हो ।

दैनिक रु ७३ लाखभन्दा भन्दा बढी घाटा बेहोर्दै आएको उक्त उद्योगले विद्युत् आपूर्ति बन्द भएपछि दुई हप्ताभित्र रु १६ करोड घाटा बेहोर्नु परेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले बताए।

उद्योग सञ्चालन गर्न दैनिक छ मेगावाट विद्युत् आपूर्ति हुनुपर्नेमा हाल दैनिक दुई मेगावाट मात्र विद्युत् आपूर्ति हुने गरेका कारण उद्योगमा सिमेन्ट उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिरहाको लाहानस्थित गाईघाट केन्द्रमा विद्युत् प्रसारण हुने ट्रान्सफर्मर नयाँ फेर्न पर्ने भए पनि अहिलेसम्म फेर्ने वा मर्मत गर्ने काम सम्पन्न भई नसकेका कारण विद्युत् प्रसारणमा समस्या आएको उदयपुरस्थित विद्युत् प्राधिकरणका प्रमुख पङ्कज गोइतले बताए ।

विद्युत् मर्मत गर्ने र व्यवस्थापन गर्ने कार्य भइरहेको भए पनि अझै समय लाग्न सक्ने हुनाले लाहान गाईघाट विद्युत् सेवा सिधा आपूर्तिमा समस्या आएको विद्युत् उनको भनाइ थियो ।

विद्युत् आपूर्तिमा समस्याका कारण उद्योग बन्द हुन पुग्दा ठुलो घाटा बेहोर्नु परेको उद्योग प्रशासनले बताएको छ ।