बाबुरामको पार्टी फुटाउने सपना चक्नाचुर भयो : यादव « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाबुरामको पार्टी फुटाउने सपना चक्नाचुर भयो : यादव


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराईको पार्टी फुटाउने सपना चक्नाचुर भएको बताएका छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न आज (शुक्रबार) वीरगन्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले पार्टी फुटाउन गुट भेला गरे पनि संख्या नपुग्दा बाबुरामको सपना चक्नाचुर भएको बताएका हुन् ।

‘पार्टी विभाजन गर्ने हेतुले गुटको बैठक बोलाउनु भयो’ उनले भने, ‘ संख्या नपुगेकोले, राजनीतिक रुपमै गलत भएका कारणले पार्टी फुटाउने योजना चक्नाचुर भएको छ ।’

काठमाडौँमा भएको भट्टराई निकटका नेताको बैठकले जसपाबाट छुट्टिएर अर्को पार्टी बनाउने निर्णय गरिसकेकोले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरिएको समेत अध्यक्ष यादवले बताए ।

जसपाको हिजो (बिहीबार) बसेको बैठकले विधान विपरीत, पार्टी हित विपरीत कार्य गरेको भन्दै संघीय परिषद् अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई जिम्मेवारीबाट मुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस