आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी पटक पटक हेर्दाहेर्दैमा राखेर सारिँदै आइएको छ ।

आज रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपश्चात् सर्वोच्चले फैसलाको प्रक्रिया थाल्नेछ ।

विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस