आज महाकालीको जलस्तर बढ्न सक्ने ,सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

आज महाकालीको जलस्तर बढ्न सक्ने ,सतर्कता अपनाउन आग्रह


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज (शुक्रबार) महाकाली नदीमा जलस्तर बढ्न सक्ने जनाएको छ ।

आज बिहान ५ देखि बेलुका ८ बजेसम्म भारतको धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट फ्लसिङको कार्यका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

बाँध खोल्दा महाकालीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

प्रशासनले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस