२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गच्छदार बोल्दाबोल्दै उनलाई देउवाले किन रोके ?

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा बोल्दाबोल्दै नेता विजय गच्छदारलाई रोकेका छन् ।

निर्धारित समयभन्दा बढी समय लिएर पनि गच्छदारले आफ्नो विचार नटुङ्गाएपछि देउवाले उनलाई रोकेका हुन् ।

केन्द्रीय सदस्यलाई बोल्नका लागि ५ मिनेट छुट्याएको थियो । शीर्ष तहका नेताहरू साथै पूर्व पदाधिकारी पनि भएकाले बिहीबार बोल्नेहरूलाई बढीमा १० मिनेटसम्म बोल्न दिइएको थियो ।

निर्धारित समय भित्र आफ्नो विचार प्रस्तुत गर्न गच्छदारलाई समयाभाव भयो । विगतको पृष्ठभूमिलाई लम्बेतान रुपमा गच्छदारले बैठकमा राख्न थालेपछि देउवाले भने, ‘मलाई थाहा छ । थाहा छ । तपाईँका कुरा कति सुन्नु ?’

पार्टीभित्र आफ्नो योगदानका विषयमा बोल्दै गर्दा सभापतिले रोकेपछि गच्छदारले नेता बलबहादुर केसी तिर हेर्दै भने, ‘उहाँ (बलबहादुर)लाई पनि १० मिनेट दिनुभएकै हो ।’ आफ्नो नाम लिएपछि बलबहादुरले प्रश्न गच्छदारलाई राखे, ‘बढी समय लिएको भन्दै मलाई नै देखाउनुपर्छ त ?’

बलबहादुर र गच्छदारबिच केही बेर रोचक तरिकाले छेडछाड चलेको बैठकको दृश्यबारे एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘मलाई नै देखाउनुपर्छ त ?’ भनी बलबहादुरले प्रश्न फर्काएपछि प्रतिउत्तरमा गच्छदारले भने, ‘तपाई र सभापति बहादुर बहादुर हो । कुरा मिल्छ नि । सभापति डराउने तपाईँसँगै हो ।’ एक आपसमा बलबहादुर र गच्छदारले ठट्टा गरेका थिए ।

पाँच–पाँच पटक प्रधानमन्त्री तथा दुई पटक सभापति भएकाले बैठक चलाउने तरिका सभापतिमा हुनुपर्ने सुझाव गच्छदारले देउवालाई दिए । उनले भने,‘तपाई त बैठक चलाउने सभापति पनि हो ।’