बामदेवले अध्यक्ष तिमिल्सिना भने : एक हप्ताभित्र राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन गर्नुस् « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बामदेवले अध्यक्ष तिमिल्सिना भने : एक हप्ताभित्र राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचन गर्नुस्


३० असार २०७९, बिहिबार


काठमाडौँ । पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले एक हप्ताभित्र राष्ट्रियसभाका उपाध्यक्ष पदको निर्वाचन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग माग गरेका छन् ।

सांसद गौतमले राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको टुङ्गो पनि तत्काल लगाउन अध्यक्ष तिमिल्सिनाको पुनः ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उनले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए ।

सांसद गौतमले ज्येष्ठ सदस्यको हैसियतमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभामा पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस