विराटनगरको एक रेष्टुरेन्टमा आगलागी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विराटनगरको एक रेष्टुरेन्टमा आगलागी


३० असार २०७९, बिहिबार


विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ ।

बिहीबार (आज) दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।

आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस