उपसभामुखमा एमालेले लोसपाकी चन्दा चौधरीलाई समर्थन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुखमा एमालेले लोसपाकी चन्दा चौधरीलाई समर्थन गर्ने


३० असार २०७९, बिहिबार


काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ । उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना रहेको नेम्वाङले बताए ।

प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट काँग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।

गठबन्धनसँग हाल काँग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक-एकजना सांसद छन् ।

काँग्रेस, माओवादी र नेकपा एसको मत नै सत्ता गठबन्धनलाई जित्न पुग्ने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस