श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गर्ने श्रीमान पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गर्ने श्रीमान पक्राउ


२८ असार २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । श्रीमतीको तस्बिर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ओमनमा रहेकी श्रीमतीको नक्कली फेसबुक बनाई फोटोसहित अश्लील क्याप्सन सार्वजनिक गरी चरित्रहत्या गर्ने रुपन्देहीको सैनामैना नगरपालिका बस्ने ३६ वर्षका जीवन दमाईंलाई पक्राउ गरिएको हो ।

प्रहरीको साइबर ब्युरोले आज एक सूचना जारी गरी अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ । यस्तै ब्युरोले सामाजिक सञ्जालमा चार नाबालिकाको तस्बिर प्रयोग गरी नक्कली फेसबुक खोलेर अश्लील शब्द प्रयोग गरी पीडितको आफन्त तथा साथीभाइलाई पठाएर चरित्र हत्या गर्नै अर्का व्यक्ति पनि पक्राउ गरेको जनाएको छ ।

यसरी चरित्रहत्या गर्नेमा सिन्धुली जिल्लाको रातोगुराँसे घर भई काठमाडौँको कीर्तिपुर बस्ने विकास भन्ने राजेश विक रहेका छन् । दुवैमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस