माधव नेपालसँग लिउले भने-नेपालका दलहरू एक भएर अघि बढून् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माधव नेपालसँग लिउले भने-नेपालका दलहरू एक भएर अघि बढून्


२८ असार २०७९, मंगलबार


काठमाडौँ । नेपालको चार दिन भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीस)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् ।

मंगलबार बानेश्वस्थित एभरेस्ट होटेलमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए ।

‘कसरी नेपाल र चीनबीचको सम्बन्धलाई घनिष्ठ बनाउन सकिन्छ ? भन्ने पक्षदेखि लिएर दुई पार्टीको सम्बन्धनलाई बनाउन बनाउन सकिन्छ भन्ने कुरा गरेका छौँ,’ भेटपछि नेपालले भने, ‘त्यसैगरी चीनबाट नेपालले र नेपालबाट चीनले पारस्परिक रूपमा सिक्नुपर्ने कुराहरू पनि छन् । त्यसका निम्ति विभिन्न डेलिगेसन होस् भन्ने कुरा भयो ।’

आफूहरूले एक चीनको मामिलामा बाह्य हस्तक्षेप हुन नदिने बताएको उनले जानकारी दिए ।

त्यसैगरी लिउले कम्युनिस्ट पार्टीहरूको एकताको विषयमा भन्दा पनि नेपालीहरूको एकताको विषयमा जोड दिएको उनले बताए ।

‘उहाँले त आमरूपमा नेपाल एक भएको, नेपालीहरू एक भएको, नेपालका पार्टीहरू एक भएको र एक भएर नेपालको विकासमा सबै लागेको कुरा स्वाभाविक चर्चा गर्नुभयो ।

एकता नै बल हो । एक भएर अघि बढून् भन्नुभयो,’ अध्यक्ष नेपालले भने, ‘फलाना पार्टी मिल्नुपर्छ भन्ने कुरामा प्रवेश गर्नुभएन । आम रूपमा एकता नै बल हो । नेपालका दलहरू एक भएर अघि बढून् भनेर शुभेच्छा दिनुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस