चोभार सुख्खा बन्दरगाहबाट पहिलो निर्यात, डेनमार्क पठाइयो एक ट्रक ऊन फेल्ट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चोभार सुख्खा बन्दरगाहबाट पहिलो निर्यात, डेनमार्क पठाइयो एक ट्रक ऊन फेल्ट


२८ असार २०७९, मंगलबार


काठमाडौँ । चोभार सुख्खा बन्दरगाहबाट पहिलो पटक नेपाली वस्तु निकासी भएको छ ।

आज (मंगलबार) बन्दरगाहबाट एक ट्रक ऊन फेल्ट डेनमार्क निकासी गरिएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

२२ चैतमा बन्दरगाह सञ्चालनमा आएपछि बन्दरगाहबाट पहिलो पटक वस्तु निकासी भएको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए ।

आज डेनमार्कका लागि एक कन्टेनर ऊन फेल्ट निकासीको तयारी पूरा भएको छ,’ बडुवालले भने, ‘आजको निकासी यो बन्दरगाहबाट पहिलो निकासी हो ।’

हालसम्म बन्दरगाह सञ्चालनमा आएपछि १५ वटा कन्टेनरमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस