काठमाडौँको थलीमा युवकमाथि छुरा प्रहार, एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँको थलीमा युवकमाथि छुरा प्रहार, एक जना पक्राउ


२८ असार २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थली पीपलबोटमा युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा थलीकै २७ वर्षीय दीपेश शाक्य रहेका छन् । गत शनिबार राति थलीमै बस्दै आएका २५ वर्षीय राजन श्रेष्ठको पेटमा छुरी प्रहार भएको थियो ।

गम्भीर घाइते श्रेष्ठको उपचार भइरहेको छ । पीडित र पीडक दुवै सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस