बैङ्कहरूमा तीन सातामै थपियो १ खर्ब निक्षेप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैङ्कहरूमा तीन सातामै थपियो १ खर्ब निक्षेप


२८ असार २०७९, मंगलबार


काठमाडौँ । असारको तीन सातामै वाणिज्य बैङ्कहरूमा १ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । असारमा सरकारको पुँजीगत खर्च बढ्दा त्यसको सकारात्मक असर बैङ्कको निक्षेपमा परेको हो ।

नेपाल बैङ्कर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार असारको ३ गतेसम्म कुल ४३ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएको थियो । असार २४ गतेसम्म आउँदा ४४ खर्ब ९४ अर्ब पुगेको छ ।

असारको ३ गतेयता हरेक साता निक्षेप उच्च दरले बढेको छ । असार १० गतेसम्म ४३ खर्ब ९८ अर्ब रहेको निक्षेप १७ गतेसम्म ४४ खर्ब ३२ अर्ब र २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो ।

असारको तीन साताको अवधिमा कर्जा प्रवाह भने १४ अर्बले घटेको छ । असार ३ गतेसम्म वाणिज्य बैङ्कहरूले कुल ४१ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा २४ गतेसम्म ४१ खर्ब ७४ अर्बमा झरेको छ ।

असार मसान्तसम्म निक्षेपमा कर्जाको अनुपात (सिडी रेसियो) सबै बैङ्कले ९० प्रतिशतभन्दा तल झार्नुपर्ने बाध्यकारी व्यवस्थाले पनि बैङ्कहरू कर्जा प्रवाहमा संयम देखिएका छन् ।

राष्ट्र बैङ्कका अनुसार हाल वाणिज्य बैङ्कहरूको औसत सिडी रेसियो ८७.१४ प्रतिशत छ । असारमा बैङ्कहरूले कर्जाको नयाँ प्रस्ताव रोक्दा पनि कर्जा रकम घटेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस