२४५ किलो अवैध सुपारी झापाबाट बरामद « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

२४५ किलो अवैध सुपारी झापाबाट बरामद


२८ असार २०७९, मंगलबार


काठमाडौँ । प्रहरीले झापामा अवैध सुपारी बरामद गरेको छ ।

सोमबार राति मेचिनगर नगरपालिकाबाट २४५ किलोग्राम अवै सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको टोलीले अवैधरुपमा भारत लैजाँदै गरेको सुपारी बरामद गरेको हो ।

सोमबार राति साढे १० बजे मेचिनगर नगरपालिका–६ बाट भन्सार छली भारत लैजाँदै गरेको १२० किलो र साढे २ बजे १२५ किलो सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सुपारीको मूल्य एक लाख २२ हजार ५०० रुपैयाँ बराबर रहेको छ । उक्त सुपारी आवस्यक कार्बाहीको लागि मेचिनगर भन्सार कार्यालय पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस