तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति


२८ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड ३ वटा कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ ।

बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावर लिमिटेडलाई र २४ असारमा धौलागिरी लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आइपीओ निष्कासन गर्न स्वीकृत दिएको हो ।

सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि समेत गरी प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।

धौलागिरी लघुवित्तले पनि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ ।

अभियान लघुवित्तले १०० रुपैयाँ अङ्कित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा धौलागिरी लघुवित्तको सनराइज क्यापिटल लिमिटेड र अभियान लघुवित्तको मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस