भागीरथ चलाउनेको तीज गीत ‘झमझम झुम्काना’ युट्युबको ट्रेडिङमा (भिडिओसहित) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भागीरथ चलाउनेको तीज गीत ‘झमझम झुम्काना’ युट्युबको ट्रेडिङमा (भिडिओसहित)


२८ असार २०७९, मंगलबार


काठमाडौँ । तीज आउन करिब डेढ महिना बाँकी रहे पनि युट्युबको बजारमा तीजको रौनक सुरु भएको छ । यस वर्षको तीज सुरु नहुँदै युट्युबमा तीज लक्षित गीत आउन थालेका छन् । 

युवा सर्जक तथा गायक भागीरथ चलाउनेको नयाँ तीज गीत ‘झमझम झुम्काना’ छोटो समयमै युट्युबमा सबैभन्दा चर्चाको शिखरमा पुगेको छ ।

४ दिनअघि मात्रै सार्वजनिक ‘झमझम झम्काना’ बोलको तीज गीतले दर्शकको मन जितेको छ । यो गीतको भिडिओले युट्युब ट्रेडिङको पहिलो स्थान ओगट्न सफल भएको छ । गीत अहिले सामाजिक सञ्जाल टिकटकमा पनि निकै भाइरल छ । 

यसै गीतमा करिब एक लाखले टिकटकमा भिडियो पनि बनाइसकेको गायक चलाउनेको दाबी छ ।

गीतलाई युट्युबमा अहिलेसम्म साढे ७ लाखले हेरिसकेका छन् । गीतमा भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । बोमबहादुर गाहा मगरले शब्द सिर्जना गरेका हुन् । गीतको लय भने गायक चलाउनेकै रहेको छ ।

भिडियो हेर्नुहोस् !

Tags :
प्रतिक्रिया दिनुहोस