२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीलाई फुटबाट जोगाउन जसपामा तेस्रो धारको जन्म

अ+ अ-

काठमाडौँ । विभाजनको सङ्घारमा पुगेको जनता समाजवादी पार्टी नेपालमा तेस्रो धारले जन्म लिएको छ । यस तेस्रो धारले पार्टीलाई विभाजनबाट रोक्न अभियान सञ्चालन गर्ने भएको छ । सो अभियान सञ्चालनका लागि तयारी बैठक पेप्सीकोलाको टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा बैठक चलिरहेको छ । 

स्रोतका अनुसार सो बैठकमा जसपा नेपालका कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, रामनरेश राय यादव, अमृत अग्रहरि, मृगेन्द्रकुमार सिंह यादवलगायतका नेताहरू सहभागी रहेका छन् । 

पार्टी विभाजनको विपक्षमा रहेका उनीहरूले अलग अलग बस्न गइरहेको बैठकलाई स्थगित गरी पार्टीमा समझदारी बनाई नयाँ ढङ्गबाट अगाडि बढ्न दुवै पक्षका नेताहरूलाई दबाब दिने भएका छन् । 

यसको अगुवाइ कार्यकारिणी सदस्य रामनरेश राय यादवले गरेका छन् । मधेस प्रदेशका प्रदेशसभा सदस्य समेत रहेका रामनरेश यादव कुनै पनि समूहको बैठकमा नजाने बरु दुवै बैठकलाई नै स्थगित गराउन दबाब नेताहरूलाई दिइरहेका छन् । 

उनले दुवै पक्षका शीर्ष नेताहरू एक-एक कदम पछाडि हटेर पार्टीभित्रै समझदारी बनाउनुपर्ने सुझाव दिएका छन् । 

यादवले जनकपुरबाट काठमाडौँ आएदेखि नै नेताहरूलाई भेटेर यो अभियानमा लाग्न अभिप्रेरित गरिरहेका छन् । उनले जसपा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईदेखि कार्यकारिणी सदस्य राजकिशोर यादव, अमृता अग्रहरीलगायत थुप्रै नेतालाई भेटिसकेका छन् । भेटमा बाबुराम भट्टराईले आफू पार्टी विभाजनको पक्षमा नरहेको प्रस्ट पार्दै उपेन्द्र यादव रूपान्तरण भएर आए आफूसँगै काम गर्न तयार रहेको प्रतिक्रिया दिएको नेता यादवले बताए । 

जसपालाई फुटबाट जोगाएपछि अन्य साना दलसँग एकीकरण वा गठबन्धनको अभियान चलाएर गतिविधि अगाडि बढाउनुपर्छ ।

जसपाले महन्थ ठाकुरको नेतृत्व लोसपा, रेशम चौधरीले बनाएको नागरिक उन्मुक्ति पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग एकता वा गठबन्धनका लागि पहल गर्नुपर्ने उनको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस