२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हातहतियारको चरम अभाव छ, निर्वाचन भयरहित बनाउन खरिद अत्यावश्यक छ : नेपाल प्रहरी (विज्ञप्तिसहित)

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरीलाई हातहतियार खरिद गर्नु अत्यावश्यक भइसकेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले समयसमयमा जनधनको क्षति हुने शान्ति, अमनचैन खल्बल्याउने र प्राकृतिक दङ्गा, सार्वजनिक अशान्ति, हिंसात्मक गतिविधिलाई नियन्त्रण गरी नागरिकको सुरक्षाका लागि पनि कम घातक हातहतियार, छोटा दूरीको पेस्तोल, सर्टगन र ग्यास सेलको आवश्यकता रहँदै आएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी प्रहरीका लागि आवश्यक पर्ने हातहतियार खरिदसम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै लामो समयदेखि हातहतियारको अभाव रहेको सन्दर्भमा सरकारबाट हातहतियार खरिदका लागि विनियोजित रकमबाट सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार हातहतियार खरिद प्रक्रियामा रहेको जनाएको छ ।

विज्ञप्तिमा प्रहरीको सङ्गठनात्मक ढाँचा र दरबन्दीमा बढोत्तरी भएको र सात वर्षदेखि अत्यावश्यक हातहतियार खरिद नभएकाले हातहतियारको चरम अभाव झेल्दै आएको उल्लेख छ ।

मौजुदा हातहतियार खटिने जनशक्तिलाई अपुग हुने पुरानो भई काम नगर्ने, बिग्रने र मिति समाप्त हुने हातहतियार क्रमशः विस्थापित गरी प्रयोग मिति समाप्त भएका ग्यास सेलको प्रयोगमा प्रश्न उठ्ने हुँदा पनि यस्ता साना हतियार खरिद आवश्यक भएको प्रहरीले स्पष्ट पारेको छ ।

ूराज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई दृष्टिगत गर्दै खरिद प्रक्रिया हुने हुँदा यस विषयमा सार्वजनिक चासो, चिन्ता र सकारात्मक अपेक्षाको उच्च मूल्याङ्कन गर्दै प्रचलित खरिदसम्बन्धी ऐन, नियम र कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी ढङ्गले खरिद गर्न नेपाल प्रहरी सचेत, सजक र संवेदनशील रहेको व्यहोरा अनुरोध गरिएको छ,ू विज्ञप्तिमा भनिएको छ ।

आगामी सङ्घ र प्रदेशसभाको निर्वाचनसमेतलाई शान्तिपूर्ण भयरहित, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्न तथा नागरिकको जीउधनको सुरक्षाका लागि हातहतियार अतिआवश्यक भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति !