मिटर ब्याज लिएर ठगी गर्ने व्यक्ती पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिटर ब्याज लिएर ठगी गर्ने व्यक्ती पक्राउ


२७ असार २०७९, सोमबार


पक्राउ

धनुषा । धनुषामा प्रहरीले एक जना मिटरब्याजीलाई ठगी आरोपमा पक्राउ गरेको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशङ्कर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको विशेष अनुसन्धान टोलीले असार २२ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । साँवा ब्याज लगायतको रकम भुक्तानी गरे पश्चात् पनि आरोपितले जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिन्छु भन्दै ठगी गरेको जाहेरी परेपछि प्रहरीले उनको खोजतलास गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परे लगत्तै फरार भएका आरोपित यादवलाई जनकपुरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए । उनीमाथि ठगी शीर्षक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस