सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चार मन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्दैन : सञ्चार मन्त्री


२७ असार २०७९, सोमबार


इनरुवा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताएका छन् ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उनले पाँचरछ लाख युवा नागरिकता नपाएका कारणले समस्याको सामना गरिरहेको बताए ।

नागरिकता नभएका कारणले युवाले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट वञ्चित भएको बताउँदै उनले वर्तमान सरकारले यी सबै समस्या सहमतिको आधारमा छिट्टै समाधान गर्ने विश्वास दिलाए ।

नागरिकताका कारण उत्पन्न समस्या समाधान गर्नका लागि वर्तमान सरकारले नयाँ नागरिकता विधेयक सङ्घीय संसद्मा दर्ता गरेको मन्त्री कार्कीले जानकारी दिए ।

नागरिकतासम्बन्धी संसद्मा दर्ता भएको नयाँ विधेयक चाडै नै पारित हुने उनले बताए । नागरिकतासम्बन्धी नयाँ विधेयक संसद्मा रहेका प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहित सबै राजनीतिक दलको सहमति गरेर पारित हुने उनले बताए ।

नागरिकता विधेयक संसद्बाट पारित भएसँगै अधिकांश व्यक्तिले नागरिकता पाउने उनले विश्वास व्यक्त गरे । काँग्रेसका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका संसदीय दलका नेता राजीव कोइराला र काँग्रेसका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस