भ्रष्टाचार बेलगाम भइरहेको छ : ओली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

भ्रष्टाचार बेलगाम भइरहेको छ : ओली


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार बेलगाम भइरहेको बताएका छन् ।

सोमबार सम्पादकहरूसँग भएको अन्तर्क्रियामा ओलीले सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भएको बताए । उनले भने, ‘सरले चलाउनुहुन्छ कि म्याडमले चलाउनुहुन्छ ? यता पट्टि जान चाहन्न मेरो विषय बनाउन चाहन्न ।’

उनले अघि भने, ‘दिदीले चलाउनुहुन्छ कि भाइले चलाउनुहुन्छ ? भिनाजुले चलाउनुहुन्छ कि सालाले चलाउनु हुन्छ ? प्रधानमन्त्रीले चलाउनहुन्छ कि रियल पावरवाला हुँ भन्नेले चलाउनुहुन्छ ? जसले चलाए पनि चलाएको त यही हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस