उपसभामुख चयन छिट्टै हुन्छ : काँग्रेस « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपसभामुख चयन छिट्टै हुन्छ : काँग्रेस


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए । उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताए ।

उनले उपसभामुख नभएको र संवैधानिक परिषद्को बैठक पनि बस्ने स्थिति नरहेकाले सरकारले संसदमा संवैधानिक परिषद् सम्बन्धी विधेयक दर्ता गरेको स्पष्ट पारे ।

उनले भने, ‘निर्वाचन पनि नहुने अनि संवैधानिक परिषद्को बैठक पनि नहुने भन्ने हुन्छ र ? त्यसकारण आवश्यता अनुसार जहाँ समस्या छ, त्यो सुधार हुन सक्ला । उप सभामुख चयन बाँकी हुन् रहेको भएर नै विधेयक अघि बढेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस