अधोगतिमा ब्रेक नलाग्ने हो भने श्रीलङ्काभन्दा तल खस्न सक्छौँ : ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अधोगतिमा ब्रेक नलाग्ने हो भने श्रीलङ्काभन्दा तल खस्न सक्छौँ : ओली


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिलेकै तरिकाले अधोगतिमा जाने हो भने श्रीलङ्का भन्दा पनि खराब स्थितिमा पुग्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

आज (सोमबार) विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै ओलीले सो चिन्ता व्यक्त गरेका हुन् ।

बजेट निर्माणमा व्यापारी तथा अनधिकृत व्यक्तिलाई घुसपैठ गराइएको घटना निकै गम्भीर भएको ओलीले बताए । यो अर्थमन्त्रीको तहबाट मात्रै सम्भव नभएको भन्दै प्रधानमन्त्रीसम्मको सेटिङ हुन सक्ने उनले सङ्केत गरे ।

यस्तै सरकारले हतियार खरिद गर्न लागेको भनेर सञ्चारमाध्यममा आएको समाचारप्रति पनि ध्यानाकर्षण व्यक्त गरे ।

‘बजेट निर्माण वा अरू प्रकरणमा पृष्ठ भागबाट गरिएको समर्थन र दिइएको टेको त्यति सहज छैन । त्यसको प्रभाव भनेको हामी कम्तीमा पनि श्रीलङ्का सम्म पुग्ने नै लक्षण हो । त्योभन्दा अघि पनि जान सक्छौँ । यस अधोगतिमा ब्रेक नलगाउने हो भने त्योभन्दा उँधो पनि जान सक्छ । अहिले नै सतर्क हुनुपर्ने छ,’ ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस