संवैधानिक परिषद् विधेयक फिर्ता लिन कोइरालाको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संवैधानिक परिषद् विधेयक फिर्ता लिन कोइरालाको माग


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् ।

केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भइरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् ।

‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने गर्ने काँग्रेस अहिले विगतको भन्दा बढी निरङ्कुश र संविधान प्रतिकुल प्रावधान भएको कानुन बनाउन अघि सरेको छ,’ कोइरालाले भने, ‘यसले के देखाउँछ भने पात्र फेरियो प्रवृत्ति उस्तै रह्यो, यो विधेयक फिर्ता लिनुपर्छ ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए । तर, अहिले उनैले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस