शेखर पक्षको विरोध : काँग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ, नाम रुजु गरेर मात्रै जान पाउने  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शेखर पक्षको विरोध : काँग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ, नाम रुजु गरेर मात्रै जान पाउने 


२७ असार २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।

नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ।

अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ। केन्द्रीय कार्यालयको परिसर आसपास ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । केन्द्रीय समिति बैठक १ बजेदेखि बस्ने गरी बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस