कर्णालीका प्रदेशका मन्त्री विष्ट अस्वस्थ, उपचार गर्न काठमाडौँ ल्याइयो « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कर्णालीका प्रदेशका मन्त्री विष्ट अस्वस्थ, उपचार गर्न काठमाडौँ ल्याइयो


२७ असार २०७९, सोमबार


काठमाडौँ । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन् ।

उनलाई आज (सोमबार) बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् । बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए ।

दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएको उनको सचिवालयका एक जना सदस्यले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस