ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ईदमा मोरक्कोका राजाद्वारा ९७९ कैदीको सजाय माफी


२७ असार २०७९, सोमबार


रबाट । मोरक्कोका राजा मोहम्मद छैटौँले ईद अल–अदाको अवसरमा ९७९ जनालाई बाँकी सजाय माफी गरेका छन् ।

मोरोक्कोको न्याय मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी आधाभन्दा बढी कैद सजाय बिताएका ९७९ जनाको सजाय राजाबाट माफी भएको बताएको छ ।

धेरै अरब देशहरूले जस्तै मोरक्कोले पनि विश्वभरका मुसलमानहरूका लागि सबैभन्दा महत्त्वपूर्ण पर्वहरूमध्ये एक ईद अल–अदामा कैदीहरूलाई क्षमा दिने परम्परा रहेको छ ।

क्षमा सूचीमा भएका अधिकांश कैदीहरूको कैद सजाय घटाइएको वा पूर्णतया खारेज गरिएको छ भने तिनीहरूमध्ये केहीको जरिवाना घटाइएको वा मिनाहा गरिएको छ ।

आतङ्कवाद र आतङ्कवादसम्बन्धी घटनामा दोषी ठहरिएका ११ जना कैदीहरूसमेत सजाय माफी पाउने सूचीमा रहेको बताइएको छ । उनीहरूले आतङ्ककारीहरूलाई पुनः स्थापना गर्न मोरोक्को सरकारले सुरु गरेको पहलमा भाग लिएको उल्लेख गरिएको छ ।

यी ११ जना कैदीहरूले सबै प्रकारका कट्टरपन्थी र आतङ्कवादलाई आधिकारिक तवरमा अस्वीकार गरेको घोषणा गरेका पनि वक्तव्यमा बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस