माधव नेपालले ठूलो गल्ती गरेका छन्, ढिलो-चाँडो, कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्नेछ : भूसाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माधव नेपालले ठूलो गल्ती गरेका छन्, ढिलो-चाँडो, कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्नेछ : भूसाल


२७ असार २०७९, सोमबार


काठमाडौंँ। नेकपा (एमाले)का नेता घनश्याम भूसालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् ।

पार्टी विभाजन हुनुअघि आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर नेपालले आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती गरेको भुसालको भनाइ छ । 

भूसालले लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’

केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्ने नेपालले २० प्रतिशत सांसदले पार्टी विभाजन गरेर घातक काम गरेको भुसालको आरोप छ ।

नेता भूसालले  अध्यक्ष नेपालले दोहोरो नीति लिएको उल्लेख गर्दै अर्को पार्टी बनाएर कम्युनिष्ट आन्दोलनको सेवा गर्छु भन्नुलाई पत्याउन नसकिने बताए ।

‘कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ,’ भूसालले लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस