बेल्सी पुलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेल्सी पुलमा झुन्डिएको अवस्थामा पुरुषको शव फेला 


२७ असार २०७९, सोमबार


काठमाडौँ । पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् । पुलको पिल्लरमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरुष अन्दाजी ५० वर्षका छन् । उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस