राप्रपाद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

राप्रपाद्वारा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार


२६ असार २०७९, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ ।

महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आज (आइतबार) पूर्णता दिएका छन् ।

अध्यक्ष लिङदेनले प्रवक्ता सगुन सुन्दर लावतीलाई विभागको सदस्य सचिव मनोनयन गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्यमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप शाहलाई मनोनयन गरिएको हो ।

यसैगरी पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेम श्रेष्ठ विभागको आमन्त्रित सदस्य रहने भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस