थप १२१ जनामा कोरोना सङ्क्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप १२१ जनामा कोरोना सङ्क्रमण


२६ असार २०७९, आइतबार


काठमाडौं । नेपालमा थप १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १२१ जनाको नतिजा पोजेटिभ आएको हो ।

एक हजार ७०० नमुनाको पीसीआर परीक्षण गर्दा १०४ र एक हजार ३४५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७ जनामा सङ्क्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ६८७ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६७८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस