श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीद्वारा लाखौँ रुपैयाँ फेला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीद्वारा लाखौँ रुपैयाँ फेला


२६ असार २०७९, आइतबार


काठमाडौँ । श्रीलङ्कामा राष्ट्रपति भवन कब्जा गरेका प्रदर्शनकारीले लाखौँ रुपैयाँ फेला पारेका छन् ।

सामाजिक सञ्जालमा पैसा गनिरहेको एउटा भिडियो भाइरल भएको छ । जुन भिडियो श्रीलङ्काको राष्ट्रपति भवन भित्रको रहेको र पैसा गन्नेहरु प्रदर्शनकारी रहेको दाबी श्रीलङ्काली सञ्चार माध्यमले गरेका छन् ।

श्रीलङ्काली सञ्चार माध्यम डेली मिररले त्यो पैसा सुरक्षा निकायलाई हस्तान्तरण गरिएको जनाएको छ ।

देश आर्थिक सङ्कटमा परेपछि आक्रोशित श्रीलंकन नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस