बुढीगंगामा एमालेको अग्रता कायमै, मतान्तर भने घट्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुढीगंगामा एमालेको अग्रता कायमै, मतान्तर भने घट्यो


२६ असार २०७९, आइतबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका काँग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन् । उनीहरूबीच ७८० मतको फरक छ । अब १ हजार ७११ मत गन्न बाँकी छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन् । काँग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन् । एमालेकी खड्का ६०० मतले अगाडि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस