२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऊर्जा मन्त्री भुसालद्वारा नखिपोटमा बहु उपयोगी कभर्ड हल उद्घाटन

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका-१४ नखिपोटमा बहु उपयोगी कभर्ड हल निर्माण गरिएको छ ।

सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको आज एक कार्यक्रमबिच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।

सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन आग्रह गरे ।

‘तीन तहका सरकारका समन्वयबाट जनतालाई सेवा दिने हो, त्यसका लागि निरन्तर पहल गरिरहेको छु’, उनले भने, ‘आगामी दिनमा जनताको आवश्यकताअनुसार खानेपानी, सडकलगायत पूर्वाधार निर्माणलाई मैले प्राथमिकता दिनेछु ।’ मन्त्री भुसालले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने उल्लेख गर्दै स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढवा दिनुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्ने आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताए । उनले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको जनाए ।

प्रतिक्रिया दिनुहोस