भारतमा थप १९ हजारमा कोरोना सङ्क्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा थप १९ हजारमा कोरोना सङ्क्रमण


२५ असार २०७९, शनिबार


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप झन्डै १९ हजार जना सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् ।

सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस