४ घण्टापछि खुल्यो अवरुद्ध भएको पृथ्वी राजमार्ग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

 ४ घण्टापछि खुल्यो अवरुद्ध भएको पृथ्वी राजमार्ग


२५ असार २०७९, शनिबार


काठमाडौँ । पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ ।

बिहान करिब ४ बजेदेखि पहिराका कारण अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि नियमित सञ्चालनमा आएको हो । पहिराका कारण पूर्णरुपमा अवरुद्ध राजमार्ग डोजरका सहायताले पहिरो पन्छाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

चारवटा डोजर लगाएर पहिरो पन्छाएपछि अहिले निर्वाधरुपमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको उनले बताए । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँ जिल्लाको अन्य भागमा सडक अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस