बुढीगंगा नगरपालिकामा अग्रता बढाउँदै एमाले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बुढीगंगा नगरपालिकामा अग्रता बढाउँदै एमाले


२५ असार २०७९, शनिबार


काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।

हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले  ४३९ मतले अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् ।

एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । त्यहाँ असार २३ गते स्थानीय तहको पुनः निर्वाचन भएको थियो ।  

Tags :
प्रतिक्रिया दिनुहोस