२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताका सालिक निर्माणका लागि साँढे सात करोड विनियोजन

अ+ अ-

काठमाडौँ। मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरूको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७९-०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ ।

यसैगरी नेपाली काँग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको सालिक निर्माण गर्न ५० लाख, मधेसवादी नेता गजेन्द्रनारायण सिंहको सालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको सालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका-२५ मा गन्तन्त्रवादी नेता अरविन्द ठाकुरको सालिक निर्माणका लागि १० लाख, जनकपुरधाम-२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरूको स्मारक निर्माणका लागि ४० लाख रुपैयाँ छुट्याएको छ ।

विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस