गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गणपूरक संख्या नपुगेपछि मधेश प्रदेशसभा बैठक स्थगित


२४ असार २०७९, शुक्रबार


जनकपुरधाम । मधेश प्रदेश सभाको बैठकमा सांसदहरु उपस्थित भइरहेका छैनन् ।

सांसद उपस्थित नभएर गणपूरक संख्या नपुग्दा शुक्रबार बसेको बैठक स्थगित भएको छ ।

शुक्रबार बसेको नवौं अधिवेशनको १३औं बैठक गणपूरक संख्या नपुगेकै कारण स्थगित गरिएको छ ।

बैठक प्रारम्भ हुनासाथ विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसद परमेश्वर साहले प्रदेश सभाको गणपूरक संख्या नपुगेकाले सभाको कार्वाही अगाडि नबढाउन आग्रह गरेका थिए ।

सांसदले साहले भनेको केही बेरमै सभामुख सरोज कुमार यादवले बैठक आधा घण्टाका लागि स्थगित भएको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस