नेप्सेमा ३४ अङ्कको गिरावट « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेप्सेमा ३४ अङ्कको गिरावट


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ ।

शुक्रबार नेप्से ३४.७१ अङ्कले घट्दा १९९२.६१ बिन्दुमा बन्द भएको हो ।

नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटेल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ ।

घटेको बजारमा शुक्रबार १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । शिवम् सिमेन्टको सर्वाधिक ५ करोड ५९ लाख ८४ हजार कारोबार हुँदा युनाइटेड इदी मार्दी एन्ड आरबी हाइड्रोपावर कम्पनीको ३ करोड ९७ लाख ६७ हजारको कारोबार भएको छ।

शुक्रबार बजारमा १९० कम्पनीको सेयर कारोबार भएकोमा १७६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

ग्लोबल आईएमई समुन्नती स्किल १, नबिल स्किल फण्ड लगाएको मूल्य धेरै बढेका छन् । यता हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशतले गिरावट हुँदा बलेफी हाइड्रो पावर, हिमाल दोलखा हाइड्रो पावर, वेस्ट फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य धेरै घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस