राजस्व सङ्कलनमा कमी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजस्व सङ्कलनमा कमी


२४ असार २०७९, शुक्रबार


भैरहवा । जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ ।

कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरेबापतको राजस्व घट्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औसतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो ।

गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ ।

जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थियो ।

सवारीसाधनका चालकलाई गरिने कारबाहीको सङ्ख्यामा पनि कमी आएको छ ।

गत चैतमा ६ हजार ७५० चालकलाई कारबाही गरिएको थियो भने वैशाखमा पाँच हजार ४६९ सवारी चालकलाई कारबाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयले जेठमा पाँच हजार ४३१ सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

ट्राफिक नियम उल्लङ्घन गर्नेमा ट्रक चालक र मोटरसाइकल चालक बढी छन् ।

चालु आवको जेठ महिनासम्म ५२ हजार ३०७ ट्रक चालक र दुई हजार ९७५ मोटरसाइकल चालक कारबाहीमा परेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस