चिनियाँ कम्युनिस्ट विदेश विभाग प्रमुख आइतबार नेपाल आउँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चिनियाँ कम्युनिस्ट विदेश विभाग प्रमुख आइतबार नेपाल आउँदै


२३ असार २०७९, बिहिबार


काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन छ । त्यही सिलसिलामा आउन लागेका हुन् ।’

राष्ट्रपति र प्रधानमन्त्रीका साथै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेट्ने निश्चित भएको छ । उनले सभामुखलाई पनि भेट्नसक्ने स्रोतहरुले बताएका छन्, तर अरू भेटघाटको विषय टुंगो लागिसकेको छैन ।

प्रारम्भिक जानकारीअनुसार चार दिनसम्म यहाँ रहनेछन् । विदेश विभाग प्रमुख भए लगत्तै जियानचाओले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग भर्चुअल सम्वाद गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस